Logo
Logo

सुन र चाँदीसहित दुई जना पक्राउ


दृष्टि संवाददाता



रुपन्देही । लकडाउनको समयमा रुपन्देहीमा सुन र चाँदी तस्करी गर्न खोज्ने पक्राउ परेका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–११ मुगलाह जोगडास्थित सडकमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ४ सय ४० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ८ किलो ३ सय ग्राम चाँदी जस्तो देखिने धातु सहित गैडहवा गाउँपालिका–६ बस्ने ४२ वर्षीय कृष्ण कुमार सुनार समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लु.३५ प ३०० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट अबैध रूपमा ल्याउँदै गरेको अवस्थामा उक्त धातु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्