Logo
Logo

प्रधानमन्त्री ओलीको ट्वीटर अकाउन्ट फेरि दुरुपयोग




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर अकाउन्ट फेरि उनका सहयोगीले दुरुपयोग गरेका छन् । ओलीको ट्वीटर अकाउन्टबाट असान्र्दभीक ट्वीट भएको छ ।


सरकारले जारी गरेको नागरिक एपका विषयमा ट्वीटरमा भएको छलफलमा ओलीको अकाउन्टबाट समेत रिप्लाई भएको छ । जसमा लेखिएको छ,‘अब प्रतिवाद गर्ने कुनै तर्क तथ्य नभएपछि यस्तै ङिच्च दात देखाउने अनि हसायो भन्ने,’ भनेर टिप्पणी गरिएको छ ।
प्रधानमन्त्रीका ओलीका सहयोगीले यसरी ओलीको ट्वीटर अकाउन्टबाट झुक्किएर त्यसमा ट्वीट गरेको प्रष्ट हुन्छ ।
यसअघि पटक पटक ओलीको ट्वीटर दुरुपयोग भएको छ । भारतीय कांग्रेस नेतृको ट्वीट रिट्वीट गर्नेदेखि पत्रकारलाई बधाई दिदा ओलीका अकाउन्ट दुरुपयोग भएको थियो । यसपटक पनि त्यस्तै भएको छ । उनको रिप्लाईलाई लिएर ट्वीटरमा प्रधानमन्त्री र उनको टिममाथि व्यंग्य सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्