Logo
Logo

कलाकार ‘काकु’लाई कोरोना संक्रमण



काठमाडौंँ । हास्यश्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु)लाई कोरोना संक्रमण भएको छ । उनले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ, म होम आइसोलेसनमा श्रीमतीको उच्च रेखदेखमा छु । मनोबल उच्च छ, आशा छ चाँडै नै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।’

आचार्यले केही दिनयता आफुसँग सम्पर्कमा रहेकालाई समेत सचेत रहन र कोरोना टेष्ट गराएर सुरक्षित रहन अनुरोध गरेका छन् । यो महामारी सोचेजति सामान्य नरहेको बताएका आचार्यले थपे, ‘सबै मिलेर अवश्य पनि यसलाई जित्नेछौ ।’

प्रतिक्रिया दिनुहोस्