Logo
Logo

कोरोनाबाट एकैदिन ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि



काठमाडौं ।  पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मको उच्च हो।

बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नेपालमा ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनुहोस्