Logo
Logo

१९ वाणिज्य बैंकको निष्क्रिय कर्जा नियन्त्रणमा



काठमाडौं । अधिकांश व्यवसाय क्रमशः विस्तार हुन थालेपछि अधिकांश वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) नियन्त्रणमा आएको छ ।

आर्थिक वर्ष ९आव० २०७६र७७ चैतको तुलनामा आव २०७७र७८ को सोही अवधिमा समग्र बैंकहरूको एनपीएल औसत शून्य दशमलव २८ प्रतिशत विन्दुले घटेर औसत १ दशमलव ३८ प्रतिशतमा सीमित रहेको छ । गत आवको यही अवधिमा एनपीएल औसत १ दशमलव ६६ प्रतिशत रहेको थियो ।

गत आवको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १९ ओटा बैंकको एनपीएल (नन पर्फर्मिङ लोन) नियन्त्रणमा आएको छ । तर, आठओटा बैंकको भने निष्क्रिय कर्जा बढेको छ ।

सबैभन्दा बढी एनपीएल सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको रहेको छ । चालू आवको चैतसम्ममा राष्ट्रिय वाणिज्य बैंकको एनपीएल ३ दशमलव ६२ प्रतिशत र कृषि विकासको ३ दशमलव शून्य ८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिको तुलनामा एनपीएल क्रमशः शून्य दशमलव शून्य ३ प्रतिशत विन्दु र शून्य दशमलव ५७ प्रतिशत विन्दुले घटेको छ ।

एनपीएल घटे पनि २ प्रतिशतदेखि ३ प्रतिशतसम्मको बीचमा रहेका बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक रहेका छन् । यही सीमामा एनपीएल रहे पनि सेञ्चुरी बैंकको गत आवको चैतको भन्दा शून्य दशमलव ७७ प्रतिशत विन्दुले बढेर २ दशमलव ९६ प्रतिशतमा पुगेको छ ।

१ प्रतिशतदेखि २ प्रतिशतको बीचमा एनपीएल रहेका बैंक १० ओटा छन् । तिनमा एनएमबी, सनराइज, नेपाल बंगलादेश, सिटिजन्स, ग्लोबल आईएमई, प्रभु, मेगा, सिभिल, कुमारी र बैंक अफ काठमाडौं रहेका छन् ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्