Logo
Logo

एनएमबि बैंकद्वारा विभिन्न खातामा बिमा दावी भुक्तानी



काठमाडौं । एनएमबि बैंकले विभिन्न खातामा दुर्घटना र गम्भिर रोग विरुद्घ प्रदान गरिने विमा दावी भुक्तानी दुर्घटन हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ ।

सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भई ६१ लाख ०३ हजार ८ सय ४१ रुपैयामा विमा दावी भुक्तानी भईसकेको छ । बैंकले उक्त भुक्तानीे ईन्स्युरेन्स पार्टनर शिखर ईन्स्युरेन्स मार्फत गरेको हो ।

स्थापना काल देखी नै ग्राहक केन्द्रित भएर काम गरिरहेको बैंकले ग्राहकलाई उच्च विमा कभरेज र भविश्यका अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।

बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड को साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ । सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, कार्ड दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु¥याउदै आईरहेको पनि बैकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्