Logo
Logo

कोरोनाको नयाँ रेकर्ड : एकैदिन नौ हजार बढी संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार बढीमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार थप नौ हजार ७० जनामा कोरोना पुष्टि भएको हो ।

२० हजार ३ सय ६७ जनाको पिसिआर र ७७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा नौ हजार ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।

कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन् । हाल ३१४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ७०७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्