Logo
Logo

नेप्सेमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । साताको कारोवारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से परिसूचक १२ दशमलव ४७ बिन्दुले ओरालो लागेर दुई हजार ६ सय ३७ दशमलव १३ मा पुगेको हो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।७७ ले ओरालो लागेर ४ सय ७३ दशमलव ०४ मा ओर्लेको छ ।

कूल २ सय १६ कम्पनीको एक करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर रु छ अर्ब ८१ करोड ९१ हजार ४५३ बराबरको खरिद बिक्री भयो । आजको कारोवारपछि बजार पूँजीकरण रु ३६ खर्ब ५८ अर्ब ७६ करोड ४३ लाख ३० हजार बराबर पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७ दशमलव ११, वित्त ३ दशमलव ८५ र लगानी ० दशमलव १५ ले उकालो लागेको छ ।

व्यापार ६२ दशमलव ९९, होटल तथा पर्यटन ४४ दशमलव ४, विकास बैंक १३ दशमलव ८५, जलविद्युत् ४९ दशमलव ३९, निर्जीवन बीमा १ सय ३० दशमलव ३१, उत्पादन ३७ दशमलव ८२, अन्य २३ दशमलव ७२, लघुवित्त ६३ दशमलव ८५, जीवन बीमा २ सय ३९ दशमलव ३३ र सामूहिक लगानी कोष ० दशमलव ०८ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा बिहीबार एचआइडिसिएल शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४६ करोड ७४ लाख ३४ हजार ९२९ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

कारोवारका आधारमा जनउत्थान सामुदायक लघुवित्त, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । ती कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्तका लगानीकर्ताले समेत ९।९९ प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्