Logo
Logo

महाकाली अस्पताललाई भीमदत्तको २० लाख सहयोग



कञ्चनपुर । कोरोनाको सङ्क्रमण उच्च विन्दुमा पुगेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि आज रु २० लाख आर्थिक सहयोग गरेको छ ।

नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्तरूपमा रु २० लाखको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका हुन्।

चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले नगरपालिकाले गरेको सहयोगले अक्सिजन खरिद तथा अन्य कोरोनाका बिरामीको उपचारमा खर्च गरिने बताए ।

चेक हस्तान्तरण गर्दै नगरप्रमुख विष्टले कोरोना रोकथामका लागि औषधोपचारमा सघाउ पु¥याउनका लागि सहयोग गरिएको बताए । उनले भने, ‘नगरपालिकाका तर्फबाट कोरोना रोकथामका लागि अस्पताललाई सक्दो सहयोग गर्न तत्पर छौँ ।’

यसअघि गत वर्ष सो नगरपालिकाले महाकाली अस्पतालमा पिसिआर मेसिन खरिद गरेर दिएको थियो । सीमा क्षेत्रमा रहेको उक्त नगरपालिकाले कोरोना रोकथाम एव नियन्त्रणका लागि गत वर्षदेखि सीमा क्षेत्रमा हेल्थडेस्कका साथै पिसिआर परीक्षणको दायरा बढाइरहेको थियो ।

यस वर्षपनि नगरपालिकाले कोरोना रोकथाम एवं नियन्त्रणका लागि विभिन्न क्षेत्रसँग समन्वय गरेर अघि बढदै आएको छ । यसअघि बेदकोट नगरपालिकले समेत महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्