Logo
Logo

भारतद्वारा ‘लिक्विड अक्सिजन’को आपूर्ति खुला



काठमाडौं । भारतले नेपालका लागि भनेर ‘लिक्विड अक्सिजन’को आपूर्ति खुला गरेको छ । दुई देशका राजदूतको समेत पहल र दुई पक्षीय अनौपचारिक संवादपछि भारतले नेपाललाई मात्र खुलाएको हो ।

मानवीय संकट उत्पन्न हुने भएपछि परराष्ट्र मन्त्रालयले भारतसँग गम्भीरतापूर्वक छलफल भएको जनाएको छ । भारतको गृहमन्त्रालयले उत्तर प्रदेश र विहार सरकारलाई नेपालतर्फ लैजाने लिक्विड अक्सिजन आपूर्तिमा सहजीकरण गर्न भनिसकेको बताइएको छ ।

अब नेपालमा अक्सिजनको अभाव नहुने दावी गरिएको छ । यसैबीच नेपाल विद्युत प्राधिकरणले अक्सिजन प्लान्टमा चौबिसै घण्टा बत्ति नजाने गरि व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्