Logo
Logo

मंसिरमा आफ्नै नेतृत्व चुनाव गराउने तयारीमा ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा आफ्नो पक्षमा बहुमत जुट्नेमा ढुक्क नरहेको निकटहरू बताउँछन् । तर, आफ्नो विकल्पमा नयाँ सरकार गठन हुने स्पष्ट आधार नभएको विश्लेषणमा रहेका ओली आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गराउन चाहन्छन् ।

प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सही सावित गराउने रणनीतिमा रहेका उनी बजेट ल्याउनुपूर्व नै विश्वासको मत लिने र आफ्नो पक्षमा बहुमत नजुटे अध्यादेशबाटै बजेट ल्याउने रणनीतिमा छन् । संविधानको धारा ७६ (२) अनुसार अर्को सरकार गठन नहुँदा संविधानको धारा ७६ (३) मात्र होइन ५ र ६ अनुसार सरकार गठन हुने अवस्था नरहेको विश्लेषमा रहेका ओलीले मंसिरमा आफ्नै नेतृत्व चुनाव गराउने तयारीमा छन् ।

संवैधानिक प्रक्रिया पूरा गरेर आगामी असारमा प्रतिनिधिसभा विघटन गर्ने र मंसिरको दोस्रो साता दुई चरणमा निर्वाचन गराउने तयारीमा रहेका प्रधानमन्त्रीले मंगलबार कांग्रेस नेताहरूसँगको भेटमा निर्वाचनमा जानका लागि आफूले संवैधानिक प्रक्रिया पूरा गर्न विश्वासको मत लिन लागेको जनाएका थिए ।

आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता र जनता समाजवादी पार्टीका महन्थ ठाकुरसहितका नेताहरूसँग छलफल गरेका ओलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँगको भेटमा पनि समयमै निर्वाचन गराउने प्रतिबद्धता जनाएका थिए ।

भेटका अधिकांश समय प्रतिनिधिसभाको निर्वाचनमा जोड दिएका ओलीले सरकारमा सहभागी भएर वा बाहिर बसे पनि दुई दल मिलेर नै चुनाव गराउन कांग्रेस नेताहरूसँग आग्रह गरेका थिए । आगामी निर्वाचनबाट कांग्रेसको बहुमत आउने र चुनावपछि बहुमतको सरकार गठन गर्न पटकपटक कांग्रेस नेतालाई आग्रह गरेका थिए ।

कांग्रेस नेताहरूले ओली नेतृत्व सरकारलाई समर्थन गर्ने, सहभागी हुने अवस्था नरहेको र निष्पक्ष निर्वाचन गराउने गराउने कुरामा पनि आशंका व्यक्त गरेका छन्। तर, कांग्रेस नेताहरू ओलीलाई हटाउने दुई मात्र विकल्प रहेको भन्दै बुझाइमा छन् ।

पहिलो प्रतितिनिधि सभामा बहुमत पुर्‍याएर उनको विकल्प खोज्ने हो । प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएको माओवादी केन्द्र र एमालेकै असन्तुष्ट पक्षको ओली नेतृत्व सरकारका विषयमा स्पष्ट दृष्टिकोण आउन नसकेको विश्लेषण छ । , यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्