आजको मौसम पूर्वानुमानः चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना « Drishti News – Nepalese News Portal
Logo

आजको मौसम पूर्वानुमानः चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । आज देशका विभिन्न भूभागहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकोले वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

यस्तै हाल भने देशभर आंशिकदेखि सामान्य बदली भइरहेको समेत महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाका अनुसार दिउँसो देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। भने, देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्