Logo
Logo

टिकटक बनाउने क्रममा भिरबाट लडेर युवकको मृत्यु


दृष्टि संवाददाता



उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । सुनसरीको धरान–५ का १८ बर्षीय सुभास परियारको मृत्यु भएको हो ।


धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका सुमोबाट ओर्लिएर उनी टिकटक बनाउन थालेका थिए । त्यही क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकोमा उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसअघि टिकटक बनाउने क्रममा पुलबाट खसेर नेपालमा एक युवकको मृत्यु भएको थियो । टिकटकमा सहासी भिडियो खिच्न खोज्दा कतिपयले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्