Logo
Logo

काठमाडौं उपत्यकामा ४ हजार १०६ जनामा कोरोना


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै चार हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षणमा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १०६ संक्रमित थपिएका हुन्।

शुक्रबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ३ हजार ८९ छन्। यस्तै, ललितपुरमा ६४३ र भक्तपुर जिल्लामा ३७४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयको विवरण अनुसार हाल काठमाडौंमा सक्रिय संक्रमित २५ हजार ९ सय ४० छन् भने ललितपुरमा ५ हजार ४ सय २९ जना छन् । यस्तै, भक्तपुरमा ३ हजार २ सय ५२ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्