Logo
Logo

स्टासेफलाई रेम्डेसिभिर भन्दै विक्री गर्ने पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । मोरङको विराटनगरमा नक्कली रेम्डेसिभिर बिक्री गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर १० का २६ वर्षीय सोनु आलम र वडा नम्बर १६ का २३ वर्षीय श्रवण कुमार यादव छन् ।

विराटनगर महानगरपालिका–४ स्थित साथी मेडिकल औषधि पसलका आलमलाई स्टासेफ नामक औषधिमा रेम्डेसिभिर औषधिको नक्कली स्टिकर टाँसी बढी मुल्यमा बिक्री गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दिउँसो १ वजे आलमकै औषधि पसल खानतलासी गरेको थियो। पसलमा स्टासेफ नामक औषधि ४ सिसी र रेम्डेसिभिर नामक औषधि १ सिसी फेला परेको थियो ।

प्रहरीले औषधि कानुन वमोजिम बरामद गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसुर अन्तर्गत कारबाही प्रकृया अगाडि बढाएको प्रहरी कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्