Logo
Logo

सरकारले ल्यायो अक्सिजन प्रयोग सम्बन्धी मापदण्ड


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ ल्याएको छ । मन्त्रालयले कोभिड–१९ महामारीमा संक्रमितको उपचार व्यवस्थापनमा अक्सिजनको महत्वपूर्ण भूमिका रहेकाले अक्सिजनको प्रयोग तथा आवश्यकतालाई सुनिश्चित गर्न मापदण्ड ल्याएको हो ।

मापदण्ड अनुसार आइसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने क्रिटिकल बिरामीका लागि एक मिनेटमा १० लिटरका दरले प्रति दिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने कुरा उल्लेख गरिएको छ ।

यस्तै, एचडीयूमा राखी उपचार गर्नुपर्ने जटिल बिरामीका लागि प्रति मिनेट ८ लिटरका दरले प्रति दिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने मापदण्डमा उल्लेख छ ।

हेर्नुहोस् मापदण्ड :

प्रतिक्रिया दिनुहोस्