Logo
Logo

मौसम पुर्वानुमानः आज मेघगर्जनसहित वर्षाको सम्भावना


दृष्टि संवाददाता



काठमाडौं । देशमा आज केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवरण अनुसार पश्चिमी न्यून चापीय प्रणाली, पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुनेछ ।

यस्तै जल वाष्पयुक्त हावाको प्रभावले आज दिउँसो मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । अपराह्नतिर देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोसमेत विभागको भनाइ छ।

राति पनि देशका अधिकांश पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ वैशाख २५ गते दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशााखाले जनाएको छ ।

यस्तै राति देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भू(भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम साथै प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

वैशाख २६ गते आईतबार दिउँसो देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने पुर्वानुमान रहेको छ । साथै देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने महाशाखाले जनाएको छ भने उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार वैशाख २७ गते सोमबार दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्