Logo
Logo

६४ हजार ४८१ जनाले पाए ‘एनआईबिएल समृद्धि फण्ड–२’, रित नपुर्याइ दिइएको २५६२ आवेदन खारेज


दृष्टि संवाददाता


काठमाडौं । एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्डअन्तर्गतको ‘एनआईबिएल समृद्धि फण्ड–२’ योजनाको बाँडफाँट भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटलले १० रुपैयाँ अंकित दरको इकाइ निष्काशन गरेको थियो । कुल १२ करोड इकाईहरु मिति गत बैशाख १३ देखि १६ गतेसम्म सार्वजानिक रुपमा निष्काशन गरिएको थियो । त्यसैको बाँडफाँट शुक्रबार गरिएको हो । यसमा मागभन्दा बढी आवेदन परेको थियो ।

सर्वसाधारण आवेदकहरुबाट (बीज पूँजीबाहेक) कुल ६७,०७६ आवेदन फारममार्फत माग भएको थियो । कुल १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएको थियो । ६४ हजार ५१४ आवेदन फाराममार्फत कुल १४ करोड ५२ लाख ९५ हजार ४०० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएकोे र कुल २५ सय ६२ आवेदन फारममार्फत १ करोड १० लाख ८ हजार ५९० इकाईको लागि रितपूर्वक आवेदन प्राप्त भएको थिएन ।

रित पूर्वक आवेदन प्राप्त भएकोेमध्येबाट कुल ३३ आवेदनमार्फत जम्मा १६ हजार ६३० इकाईको लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य ठहरिएको थियो ।

योजनाको कुल आकार १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यसको २० प्रतिशत बीज पूँजीको रुपमा लगानी गर्नुपर्ने रकम ३० करोड रकममध्ये २९ करोड रकम बराबरको इकाई कोष प्रबद्र्धक नेपाल इनभेष्टमेण्ट बैंक, एक करोड रकमको इकाइ इकाई योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडलाई छुट्याइएको थियो । सर्वसाधारणलाई बाँडफाँट गर्नुपर्ने १२ करोड इकाईहरु ६४ हजार ४८१ जना सर्वसाधारणलाई वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्