Logo
Logo

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक


दृष्टि संवाददाता


तस्विर फाईल ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । एक मन्त्रीले बैठक आज साँझ ५ बजेलाई बोलाएको बताए । तर बैठकका एजेण्डा भने खुलाइएको छैन ।

नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले आफुहरु पनि अन्योलमा रहेको ती मन्त्रीको भनाई छ । ‘कुनै महत्वपूर्ण निर्णय हुनसक्छ’, उनले भने ।

यसअघि प्रम ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्