Logo
Logo

पर्वतीय पर्यटनमा उत्साहः व्यवसायीलाई आवतजावतमा अवरोध


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण र जारी निषेधाज्ञाका बीच पर्वतीय पर्यटनमा उत्साह देखिएको छ । तर, व्यवसायीहरूलाई आवतजावतमा अवरोध भएको छ ।

सन् २०१९ मा भन्दा संक्रमणको महामारीको समयमा पर्वतारोहीहरू बढी आएका छन् । रोयल्टी संकलन पनि ५० प्रतिशतले बढेको छ । यसबाट उत्साहित व्यवसयाीहरू सरकारी निकायबीच समन्वय नहुँदा सास्ती खेप्न बाध्य भएका हुन् ।

पर्यटन विभागबाट सम्बद्ध एजेन्सीहरू तथा व्यवसायीहरूले नेपाल आउने पर्यटकलाई विमानस्थलदेखि होटेल तथा अन्य गन्तव्यसम्म पुर्‍याउन आवतजावत गर्न पास पाएका हुन्छन् ।

व्यवसायीसँग सम्बद्ध एजेन्सीका प्रतिनिधिहरू विमानस्थल वा अन्य कुनै स्थानसम्म जाँदा उक्त सवारीमा पर्यटक हुँदैनन् र अर्कोतर्फ गन्तव्यमा पुर्‍याएर फर्किंदासमेत उनीहरूसँग पर्यटक साथमा हुँदैनन् ।

यति नै बेला प्रशासनले विभागको उक्त पासलाई मान्यता नदिई प्रतिनिधिहरूलाई विभिन्न स्थानमा दिनभर तथा घण्टौंसम्म नै रोकेर राख्ने गर्दा सास्ती खेप्न बाध्य भएको व्यवसायीले बताएका हुन् ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्