Logo
Logo

माधव-झलनाथ समूहको स्थायी समिती बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले) को वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ । आज साँझ नेपाल–खनाल पक्षको स्थायी समिति बैठक बस्न लागेको हो ।

यसअघि शनिबार काठमाडौंमा सम्पन्न नेपाल–खनाल पक्षका सांसदहरुको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली एकताका लागि तयार नभएको निष्कर्ष निकालेको थियो ।

यसबीच, तीन दिनको अवधिमा एमालेका दोस्रो तहका नेताहरुले ओली पक्षसँग सहमतिका लागि पटक–पटक छलफल गरेका थिए ।

ओलीले आफ्नो अडान नछाडेको र जेठ २ मा फर्कनेदेखि लिएर कारवाही फिर्ता लिनसम्म तयार नदेखिएकाले ओलीसँग गर्न खोजिएको सहमति असफल भएको नेपाल–खनाल पक्षका सांसदहरुको ठहर छ ।

‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर्णय गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्