अमेरिकी डिभी २०२२ को नतिजा सार्वजनिक « Drishti News – Nepalese News Portal
Logo

अमेरिकी डिभी २०२२ को नतिजा सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिने अमेरिकी दूतावासले जनाएको छ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुनुपर्नेछ ।

दूतावासले जनाए अनुसार छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्