Logo
Logo

‘कोरोना संक्रमितको उपचारमा सरकार चुक्यो’


दृष्टि संवाददाता



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमितको उपचारमा सरकार चुकेको बताएका छन् । कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने शय्यादेखि भेन्टिलेटर व्यवस्थापन गर्न सरकार चुकेको उनको भनाई छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको उल्लेख गर्दै उनले कोरोनाविरूद्ध खोप लगाउने दायित्वबाट सरकार विमुख भएको बताएका छन् । तीन महिनाभित्र सबै नेपालीलाई खोप दिने भने पनि सरकारले त्यसप्रतिवद्धता अनुसार काम नगरेको पौडेलले बताए ।

‘सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फसेको कारण नागरिकलाई सहज र सर्वसुलभ रूपमा कोरोना खोप दिलाउने दायित्वबाट विमुख भएको छ,’ पौडेलले सामाजिक सञ्लाजमार्फत् भनेका छन्।

कमिसनको चक्करमा लागेर भारतबाट ल्याउने भनिएको खोप स्वदेश ल्याउन ढिलाइ भइरहेकोमा उनले आपत्ति समेत जनाएका छन् । कोरोना संक्रमित दिनप्रतिदिन वृद्धि भइरहे पनि शय्या, अक्सिजन, भेन्टिलेटरलगायत व्यवस्थापनमा सरकार चुकेको उनको भनाई छ ।

पौडेलले भनेका छन्, ‘संक्रमितको उपचारमा चाहिने शय्या, आइसीयू, भेण्टिलेटर, अक्सिजन, जनशक्ति, आइसोलेसन सहितको व्यवस्थापनमा सरकार चुकेको कुरा अस्पतालमा देखिएको बिरामीको चित्कारले प्रष्टयाउँछ ।’

प्रतिक्रिया दिनुहोस्