Logo
Logo

अक्सिजन व्यवस्थापनको जिम्मा सीसीएमसीलाई


दृष्टि संवाददाता


काठमाडौं । स्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापनको जिम्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई दिएको छ ।

आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बैठकले अक्सिजनको जिम्मा सीसीएमसीलाई दिने निर्णय गरेको हो ।

अक्सिजन चाहिने बिरामीको संख्या बढेपछि देशभर उपचारका लागि अस्पताललाई अक्सिजन अपुग भएको गुनासो बढेपछि अक्सिजन व्यवस्थित गर्न सीसीएमसीलाई जिम्मा दिने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।

शनिबार मात्रै अक्सिजन उद्योगहरुलाई पत्र लेख्दै स्वास्थ्य मन्त्रालयले कुनै पनि अस्पतालहरुलाई अक्सिजन दिनु अघि मन्त्रालयको सिफारिस हेरेर मात्रै दिन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्