Logo
Logo

टीकापुर अस्पतालमा कोरोनाबाट थप पाँच जनाको मृत्यु


दृष्टि संवाददाता


कैलाली । पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टीकापुर–१ का ६० वर्षीय पुरुष, टीकापुर–२ का ५० वर्षीय पुरुष, कैलाली जानकी–२ का ५४ वर्षीय पुरुष, टीकापुर–१ का ५१ वर्षीय पुरुष र टीकापुर–१ का ६४ वर्षीय पुरुष रहेको टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए ।

टीकापुर अस्पतालमा १३ जना कोभिड–१९ एचडीयूमा भर्ना छन् भने ३५ जना शंकास्पद कोरोना संक्रमित डाक्टरको निगरानीमा रहेको उनले बताए ।

संक्रमित बढेसँगै टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । ‘अहिलेसम्म जसोतसो गरी काम चलाइरहेका थियौँ, अब त अक्सिजन नै सिद्धिन लाग्यो,’ भट्टले भने ।

अक्सिजन सकिन लाग्दा नेपालगञ्जबाट मगाउने गरेको भएपनि ढिलासुस्तीका कारण समयमा अक्सिजन आउन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्