Logo
Logo

राजनीतिक अन्योलताले नेप्से १८ अंकले घट्यो


दृष्टि संवाददाता


काठमाडौं । राजनीतिक अन्योलताको असर नेप्सेमा परेपछि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । जसकाे कारण साताको पहिलो दिन नेप्से परिसुचक १८ दशमलब ५६ बिन्दुले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा पुगेको छ ।

बढ्दो कोरोना संक्रमणका कारण केही दिनयता सुस्त बनेको बजारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारण लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा पुगेको छन् ।

प्रधानमन्त्री के.पी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत लिने भएको कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।
विपक्षी गठबन्धनले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाको नेत्रृत्वमा नयाँ सरकार बनाउने कसरत गरिरहेका र राजनीतिले एउटा निकास नलिंदासम्म बजारमा सुधार आउने संभावना न्युन छ ।

देउवाको नेतृत्वमा सरकार बनेमा पनि सेयर बजारका लगानीकर्ता फेरि उत्साहित हुने अनुमान बजारले गरेको छ । विगतमा पनि काँग्रेस नेत्रृत्वको सरकार बन्दा धेरै पटक बजारले नयाँ उचाई लिइसकेको थियो ।

राजनीति तथा कोरोनाको असर सेयर बजारमा परेको धेरैको आकलन छ । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले स्थान ओगटने गरेकोमा अहिले त्यसमा केही मन्दी देखिएको छ ।

सबल वित्तीय सुचक भएका कम्पनीमा लगानीगर्दा उपयुक्त हुने विश्लेषकरुले बताएपनि अहिलेको अवस्थामा बजारलाई हेर्नु नै उपयुक्त हुने देखिएको छ ।

साताको पहिलो दिन २ सय १९ कम्पनीको १ करोड २७ लाख २८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार भएका सबै समूहको सूचक घटेको छ । २ कम्पनीको मुल्यमा सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

खरिदबिक्री रकममा २८ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहित खरिदबिक्री रकममा एनसीसी बैंक अग्रस्थानमाछ । यसैगरी, दोस्रोमा कुमारी बैंक र तेस्रोमा हिमालयन डिस्टिलरी छन् ।

प्रतिक्रिया दिनुहोस्