Logo
Logo

एमाले विवाद सुल्झाउन ओली नै बाधक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको विवाद सुल्झाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक देखिएको निष्कर्ष माधव नेपाल पक्षले निकालेको छ ।

एमालेको विधानअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किने तथा आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओली बाधक रहेको निष्कर्ष सो समूहले निकालेको हो ।

विवाद निरुपण गर्न अधिकतम लचकता अपनाउने भन्दै आइतबार राति अबेरसम्म छलफलमा बसेका नेपाल समूहका सांसदसहितका नेता ओली सहमतिमा नै आउन नचाहेको निष्कर्षमा पुगेका थिए ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्