Logo
Logo

माधव-झलनाथ निकट सांसदहरुको बैठक बस्दै, विश्वासको मतबारे के आउला निर्णय ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव समूह बैठक बस्दै छन् । माधव–झलनाथ निकट सांसदहरुको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्न लागेका हुन् ।

बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले थप छलफल गर्दैछन् ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधसभा बैठकमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ ।

साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने/नदिने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्