Logo
Logo

माधव पक्षको बैठकमा २१ सांसद उपस्थित


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक अहिले जारी छ । उक्त बैठकमा २१ जना सांसद उपस्थित भएका छन् ।

नेपाल पक्षको सिंहदरबारमा भइरहेको बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।

एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिइसकेका छन् । बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्