Logo
Logo

मतदानमा अनुपस्थित हुने नेपाल पक्षका सांसदहरुको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संसदमा अनुपस्थित हुने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बिहान बसेको माधव पक्षका सांसदको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । त्यसअघि बसेको नेपालपक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको एक नेताले बताए ।

नेपाल पक्ष सांसदहरूले अनुपस्थित हुने कि राजीनामा दिने भन्नेबारे अन्तिम टुंगो लगाउन स्थायी कमिटी बस्दैछ । सांसद राजबहादुर बुढाका अनुसार स्थायी कमिटीले अन्तिम निर्णय गर्नेछ । सांसदहरुको बैठकपछि अहिले सिंहदरबारमा खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ ।

सांसदहरुले सांसदहरुको बैठकमा धारणा राख्दै केही सांसदले राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर बीचको बाटो खोज्न सुझाव दिएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्