Logo
Logo

नेपाल पक्षलाई ओलीको आग्रहः ‘आउनुस् समस्या भए सँगै बसेर समाधान गरौँ’


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई समस्या भए सँगै बसेर छलफलबाट समाधान गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत हतारोमा कुनै पनि अनुचित निर्णय नलिन नेनेपाल पक्षलाई आग्रह गरेका छन् । एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले छलफलको लागि आह्वान गरेका हुन् ।

नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने ओलीको भनाई छ ।

‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’ ट्वीटरमा ओलीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्