Logo
Logo

सीसीएमसीको निर्देशन बमोजिम अक्सिजन वितरण गर्न आदेश


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले देशभरका अस्पतालहरुमा सीसीएमसीको निर्देशनअनुसार मात्र अक्सिजन विक्री र वितरण गर्न निर्देशन दिएको छ ।

सोमबार केन्द्रका प्रमुख डा समिर कुमार अधिकारीले सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको तथ्यांकमा आधारित रही देशभरका अस्पतालहरुमा अक्सिजनको वितरण व्यवस्थापन कोभिड–१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशन अनुसार गर्न गराउन निर्देशन दिएका हुन् ।

सूचनामा भनिएको छ ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा आधारित रही देशभरका अस्पतालहरुमा अक्सिजनको आवश्यकतामा आधारित वितरण व्यवस्थापन कोभिड–१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट गर्ने व्यवस्था मिलाउने भनी २०७८/१/२६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैमा सो अनुसार गर्नु÷गराउनु हुन जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्