Logo
Logo

चीनले दिएको स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण, आज काठमाडौं आइपुग्ने


दृष्टि संवाददाता



काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरस (भोडि-१९) संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको छ ।

सोमबार हस्तातरण्न गरिएको ती सामग्री काठमाडौंमा आज आइपुग्ने भएको छ । अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं..आरए–४२५१ को वाइडबडी जहाज चीनको राजधानी बेइजिङ पुगेको हो ।

जहाजले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको थियो ।

कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालको भनाई छ ।

स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्