Logo
Logo

शिलान्यासमा खनिएका खाल्डामा हिलो र फोहोर !


दृष्टि संवाददाता


झापाको कमल गाउँपालिका– २ क्याम्पास्थित गाउँपालिकाको कार्यालयपरिसरमै आधारभूत अस्पताल बनाउने भनी गत १५ मंसिरमा धुमधामसँग शिलान्यास भयो । तर, अस्पताल निर्माण अघि बढेन । शिलान्यास गरिएको ठाउँ अहिले ‘डम्पिङसाइट’ बनेको छ । तस्विर: नयाँ पत्रिका

काठमाडौं । सरकारका लागि विश्वासको मत माग्दै प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्मा पनि आफ्नो कार्यकालमा भएका शिलान्यास र उद्घाटनको फेहरिस्त प्रस्तुत गरे । तर, कागज र वास्तविकताबीच कति ठूलो अन्तर छ भन्ने प्रस्ट पार्न यी खाल्डाका तस्बिर पर्याप्त छन्  ।

सानोतिनो होइन, ५८ अर्ब बजेट खर्च हुने भन्दै सरकारले गत १५ मंसिरमा एकै दिन सातै प्रदेशमा तीन सय नौ आधारभूत अस्पताल शिलान्यास गरेको थियो  । तर, स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउन भनेर शिलान्यासका लागि खनिएका खाल्डामा कति पानी भरिएको छ कतै फोहोर । यति ठूलो बजेटको महत्वांकाक्षी परियोजना पनि ‘प्रोपगाण्डा’ मै सीमित भएको छ  ।

सात सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अहिले पनि अस्पताल छैनन्  । तीमध्ये पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना रहेको थियो  । तर, अन्तिम दिन तीन सय ९ अस्पताल शिलान्यास गरिको थियो  ।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भनेका थिए, ‘यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति भन्नुपर्छ, उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन  ।’ पाँच शड्ढयाका ५२, १० शड्ढयाका एक सय नौ र १५ शड्ढयाका ३५ अस्पताल बनाइने योजना सरकारको छ । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ । तर, शिलान्यास गरेर सरकार निदाएको छ  ।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भएको थियो  । पाँच शड्ढयाको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शड्ढयाको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शड्ढयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटाउने योजना छ  । तर, भवन निर्माणकै काम अहिलेसम्म अलपत्र छ  ।

झापाको कमल गाउँपालिका– २ क्याम्पास्थित गाउँपालिकाको कार्यालयपरिसरमै आधारभूत अस्पताल बनाउने भनी गत १५ मंसिरमा धुमधामसँग शिलान्यास भयो  । तर, अस्पताल निर्माण अघि बढेन  । शिलान्यास गरिएको ठाउँ अहिले ‘डम्पिङसाइट’ बनेको छ  ।

अस्पताल बनाउन भनी भूमिपूजन गरिएको ठाउँमा अहिले गाउँपालिकाबाट निस्किएका फोहोर फाल्ने गरिएको छ  । गत १५ मंसिरमा प्रदेश– १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले यहाँ अस्पताल बनाउने भनी शिलान्यास गरेका थिए  ।

६ महिना हुन लाग्दा भौतिक संरचना निर्माण हुनु त कता हो कता, शिलान्यासका लागि खनिएको खाल्डो फोहोरले पुरिन लागेको छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्