Logo
Logo

मौसम पुर्वानुमानः आज कतै बदली कतै बर्षा


दृष्टि संवाददाता


काठमाडौं । आज देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै अधिकांश स्थानमा बदलीको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मंगलबार दिनभर देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने जनाएको छ ।

यस्तै केही स्थानहरुमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति भने देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने छ भने केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको । यस्तै प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण पूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव मौसममा रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्