Logo
Logo

पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि


दृष्टि संवाददाता



गण्डकी । पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गरेका छन् ।

अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गरेका हुन् ।

चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गरेका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गरेका हुन् । उनलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रधान गरेका हुन् । पाँच वर्षअघि अध्ययनका क्रममा अमेरिका गएका गैरेले त्यसअघि कृषि तथा वन विश्वविद्यालय चितवनमा दुई वर्ष प्राध्यापन गरेका थिए ।

विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण बढे पनि शैक्षिक क्यालेण्डरमा भने कुनै असर नपरेका कारण नियमित पढाइ भएको हुँदा समयमा नै विद्यावारिधि गर्न सफल भएको गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्