Logo
Logo

दोहोरो अंकले बढ्यो नेप्से, शेयर बजारमा हरियाली


दृष्टि संवाददाता


काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजार मापक सूचक नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ । सोमबार २७ अंकले बढेको नेप्से सूचक मंगलबार पनि समान २७ अंकलेनै बढेको हो। यो संगै नेप्से २६७३ बिन्दुमा उक्लिएको छ ।

मंगलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेको छ ।

कारोबार रकम पनि करिब ६ अर्ब रुपैयाँ पुगेको छ । दिनभर भएका ६२ हजार ६५९ कारोबारबाट २२० कम्पनीका १ करोड ८ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ पुगेको हो ।

मंगलबार बोटलर्स नेपाल तराई, रुरु जलविद्युत, युनाइटेड मोदी हाइड्रोपावर, गुह्वेश्वरी मर्चेन्ट बैंक र समता घरेलु लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। उता बिशाल बजार कम्पनीको सेयर मूल्य भने लगातार चौथो दिन पनि १० प्रतिशतलेनै घटेको छ।

सबै उपसमूह हरियो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह २६७ अंक, व्यापार समूह २२१ अंक र निर्जीवन बीमा समूह १७६ अंकले बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्