Logo
Logo

कोरोनाबाट २२५ जनाको मृत्यु, ९ हजार ४८३ संक्रिमित


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणबाट थप २२५ जनाको मृत्यु भएको भएको छ । यो सँगै नेपालमा कोरोनबाट मृत्यु हुनको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

२० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सिमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। हाल ४४८ जना संक्रमित क्वारेन्टा्रइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्