Logo
Logo

‘तीन हप्ता दुःख सहेरै भएपनि कोरोना फैलन रोकौँ’


दृष्टि संवाददाता


काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले नेपालका लागि आगमी तीन हप्ता थप कठिन हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा डा. पाण्डेले कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएको र आगामी तीन हप्ता थप कठिन हुने बताएका हुन् ।

यो तीन हप्ता संक्रमणबाट जोगिन दुःख सहेरै भएपनि घरमै बस्न समेत उनले सुझाव दिएका छन् । डा. पाण्डेले,‘आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ,अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुख सानो हो ।’

साथै उनले संक्रमण बढेको भन्दैमा खाद्यान्न दैनिक किन्ने काम नगर्न समेत समेत भनेका छन् । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी ÷ स्यानिटाइजरले सफा गरेर सुरक्षित हुन समेत सुझाव दिएका छन् ।

यसपटकको कोरोना भाइरस फरक किसिमको भएकाले नजरअन्दाज गर्न नहुने समेत डा. पाण्डेले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्