Logo
Logo

देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो


दृष्टि संवाददाता


काठमाडौं । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ । बुधबार २० हजार ७ सय ८९ जनामा गरिएको परीक्षणमा ९ हजार २ सय ६८ जनामा कोरोना पुष्टि हुँदा संक्रमितको संख्या १ लाख नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको छ । २४ घण्टामा निको हुनेको संख्या पनि चार हजार ४ सय ४४ छ ।

यस्तै, काठमाडौं उपत्यकामा काठमाडौंमा ३ हजार २५०, ललितपुर ४४८ र भक्तपुरमा २२६ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्