Logo
Logo

स्वास्थ्य सामग्री उपलब्ध गराउन सात देशलाई आग्रह


दृष्टि संवाददाता


काठमाडौं । सरकारले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउन सात देशलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत दोस्रो लहरको कोरोनाभाइरस संक्रमण रोक्न अमेरिका, बेलायत, अष्ट्रेलिया, जर्मनी, रुस, युएई र साउदी अरबलाई आग्रह गरेको हो ।

बुधबार मन्त्रालयले पत्र लेख्दै खोप, अक्सिजन, भेन्टिलेटर, अल्ट्रासाउन्ड, पीपीइ लगायतका सामग्री उपलब्ध गराउन भनेको छ । पत्र पठाएपनि सबै मुलुकले सामग्री पठाउने भन्ने कुनै ग्यारेन्टी भने नरहेको मन्त्रालयले नै जनाएको छ ।

यसअघि, चीनले अनुदानमा उपलब्ध गराउने मध्ये ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर मंगलबार काठमाडौं आइपुगेको छ । थप स्वास्थ्य सामाग्री स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

कोभिडको पहिलो लहरको बेला दक्षिण कोरिया, भारत, चीन, स्वीटजरल्यान्ड, युनिसेफ, यूएसएड, कतार राजदूतावास, कम्बोडिया सरकारलगायतले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेका थिए ।

यूएसएडले १ सय थान भेन्टिलेटर उपलब्ध गराएको थियो भने अन्यले राष्ट्र तथा नियोगले पीपीई, पंजा, मास्क, सेनिटाइजर, पीसीआर किट्स, चस्मा, गाउन लगायतका सामाग्री प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्