Logo
Logo

शंकर समूह र इन्फिनिटी होल्डिङद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


दृष्टि संवाददाता


काठमाडौं । शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पतालको सर्जिकल ब्लकलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोभिड बिरामीका लागि डेडिकेटेड युनिफाइड कमाण्ड अस्पतालमा रूपान्तरण गरिएको ब्लकलाई शंकर समूह र इन्फिनिटी होल्डिङले ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र तीन हजार के–९० मास्क वितरण गरेको हो ।

अस्पतालका लागि डेढ सय बेड, पीपीइ लगायतका सामाग्री उपलब्ध गराउने यी दुई संस्थाले प्रतिबद्धता जनाए बमोजिम नै बुधबार ५० वटा तत्कालै हस्तान्तरण गरेको हो ।

‘अहिलेको महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमा आवश्यक सामाग्री दिएका हौं,’ शंकर समूहले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्