Logo
Logo

महासंघमा कोभिड सहायता केन्द्र स्थापना


दृष्टि संवाददाता


काठमाडौ । मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे छ ।

महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने महासंघले जनाएको छ ।

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका अधिकृतद्वय हरि पौड्याल र रिंकु घिमिरेलाई टेलिफोन वा एसएमएस मार्फत आफूलाई आवश्यक सेवा टिपाउन सकिने व्यवस्था महासंघले गरेको छ ।

सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरुले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल गर्ने जनाइएको छ ।

मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी सहयोग पुर्‍याउंदै आएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत महासंघले यसअघि हेल्लो डाक्टर संचालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई स्वास्थ्य परमर्श दिने कार्यको शुरुवात गरिसकेको पनि जनाएको छ ।

महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्न आ–आफ्नो ठाउंबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्