Logo
Logo

सेनाको हेलिकप्टरबाट रुपन्देहीमा अक्सिजन आपूर्ति


दृष्टि संवाददाता


रुपन्देही । रुपन्देहीमा अक्सिजनको अभावले अस्पतालमा भर्ना भएका संक्रमितका मृत्यु हुन थालेपछि सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याइएको छ ।

नेपाली सेनाको एमआई ९० हेलिकप्टरबाट ५० थान सिलिण्डर भैरहवा बिमानस्थल आइपुगेको हो ।

रुपन्देहीको उत्पादनले नथेगेपछि तत्काल समस्या समाधानमा लागि ५० थान ल्याई ल्याईएको छ । ल्याईएका अक्सिजन मध्ये भैरहवा स्थीत भीम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाईने छ ।

अहिले नेपाली सेनाले बाराको सिमराबाट र चितवनबाट ५० थान सिलिण्डर ल्याएको र बिहीबार बिहान २ पटक गरी थप १ सय थान सिलिण्डर ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्