Logo
Logo

मिर्गौला सुरक्षाका लागि खानपानमा ध्यान दिन आवश्यक : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताएका छन् ।
विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपानका जोड दिनुपर्ने औंल्याएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागीहरुसँग पैदलयात्रा गरेका थिए । आयोजकसँगै पैदलयात्रा गरेपछि हरेक जनता मृगौलाको समस्याबाट सुरक्षित हुन खानपानमा ध्यान दिनुपर्ने बताए ।

विश्व मृगौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेशनद्धारा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागीहरु ।

प्रतिक्रिया दिनुहोस्