Logo
Logo

असन्तुष्ट नेतालाई फकाउँदै ओली–प्रचण्ड


- दृष्टि न्युज/संवाददाता



काठमाडौँ, ३० फागुन । पार्टीको निर्णयशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेताहरुसँग नेपाल कम्युनिष्ट पार्टीे(नेकपा)का अध्यक्षद्वयले छलफल गर्न बोलाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकताबारे छलफल गर्न नेताहरु वामदेव गौतम, माधवकुमार नेपाल र झलनाथ खनाललाई बालुवाटारमा बोलाएका हुन् । नेतृत्वको कार्यशैली र एकताको ढिलाइले असन्तुष्ट यी तीनै नेतालाई बोलाइएको हो । तीन नेतासँग बालुवाटारमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि छलफलका लागि बिहीबार नै ओली र दाहालले बोलाएका छन् ।
एकतामा ढिलाई तथा पार्टीमा छलफल बिना महत्वपूर्ण निर्णयहरु हुन थालेपछि पार्टीभित्र असन्तुष्टि बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्