Logo
Logo

एकाविहानै ओलीका विश्वासपात्र माधव निवासमा


दृष्टि संवाददाता



फाईल फोटो

काठमाडौं । यतिबेला नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । यसबीच राजनीतिक दलका शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ ।

ओली नेतृत्वमा रहेको सरकारले विश्वासको मत आर्जन गर्न नसकेपछि सुरु भएको नयाँ सरकार गठन प्रक्रियामा नेकपा एमालेकै माधव कुमार नेपाल समूह निर्णायक बनेको छ । नेपाल समूहले सांसद पदबाट राजीनामा दिए शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन हुने सम्भावना रहन्छ । यदि माधव समूहले राजीनामा नदिए ओली नै प्रधानमन्त्री बन्न सक्छन् । त्यसैले नेपाल समूह निर्णायक मानिएको हो ।

ओली पक्षको दौडधुप
माधव समूहले राजीनामा दिने सम्भावना बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली समूह राजीनामा रोक्न प्रयासमा जुटेको छ । यसैक्रममा ओलीका विश्वापात्र विष्णु पौडेल एकाविहानै नेपाल निवास पुगेका छन् ।

पौडेलमार्फत ओलीले नेपाल समूहलाई फकाउने प्रयास गरेका छन् । नेपाल-पौडेलको भेटमा बरिष्ठ नेता नेपालले पार्टीलाई पुरानो अवस्थामा नफर्काएसम्म ओलीको सती जान नसकिने प्रतिक्रिया दिएका थिए । यसबीच अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्