Logo
Logo

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको कोरोनाबाट निधन


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको निधन भएको छ ।

स्रोतका अनुसार टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो ।

ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए ।

बुधबार नै कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा राय यादवको पनि निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्