जनता मारेर ढुक्कले बसेको छ सरकार: नारायणकाजी « Drishti News – Nepalese News Portal
Logo

जनता मारेर ढुक्कले बसेको छ सरकार: नारायणकाजी


दृष्टि संवाददाता


काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोना महमारीमा सरकारले गैरजिम्मेवार र नालायकीपन देखाएको बताएका छन् । नेता श्रेष्ठले बिहीबार विहान सामाजिक सञ्जालमार्फत कोभिडविरुद्धको लडाइँमा आफ्नो तर्फबाट पहल गर्नु पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेका छन् ।’

उनले अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीहरुको कामको सम्मान र अनुसरण गर्दै जनता बचाउन आ-आफ्नो ठाँउबाट लाग्‍न सबैमा अपील समेत गरेका छन् ।

‘सरकार जनता मारेर बस्‍न कसरी सकेको छ ?,’ उनले प्रश्न गरेका छन् । ‘बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा.संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ। यसरी गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार ?’

प्रतिक्रिया दिनुहोस्