Logo
Logo

विप्लवको बन्द : जिल्लामा आगजनी र बम आतंक, उपत्यकामा सामान्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज बिहीबार आह्वान गरेको नेपाल बन्दको प्रभाव उपत्यका बाहिर देखिएको छ । उपत्यकामा बन्दको प्रभाव नपरेपनि बाहिरी जिल्लाहरुमा बन्दका क्रममा विभन्न स्थानमा बम आतंकसँगै आगजनीका घट्ना भएका छन् ।
विप्लवका कार्यकर्ताले कैलाली, नवलपरासी र मकवानपुर लगायतका जिल्लामा ट्रक, बस र ट्याक्टरमा आगजनी गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) उत्तम सुवेदीका अनुसार कैलालीमा एउटा बसमा आगजनी र एउटा ट्रक तोडफोड भएको छ । त्यस्तै, नवलपरासी र मकवानपुरमा पनि ट्रक तोडफोड भएको छ ।
बन्दकै क्रममा रौतहट, नवलपरासी, पोखरामा शंकास्पद बस्तु भेटिएको छ । प्रहरीले वुटवल, दाङ, सिन्धुपाल्चोक र बाँकेको नेपालगञ्जमा भेटिएका शंकास्पद बस्तु निष्क्रिय बनाएको जनाएको छ ।
बन्दकै क्रममा कैलालीमा विवाहको जन्ती बोकेको बसमा आगजनी भएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडीमा आगो लगाइएको हो । कैलालीबाट सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकास्थि साडेपानीमा ट्रक, गौरीगंगा नगरपालिका बडैपुरर राजिनपुरबीच एउटा बसमा आगजनी गरिएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा एक ट्याक्टरका लगाएको आगो नियन्तत्रण गरिएको प्रहरीले जनाएको छ ।
यस्ते, नवलपरासीको बासाबसहीमा गएराति २ वटा ट्रकामा आगजनी भएको छ । बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका खाली ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । यस्तै, मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना५ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा पनि आगजनी भएको छ । आगजनीका कारण ट्रक पूरै जलेको छ । प्रहरीका अनुसार गएराति १२ बजे आगजनी भएको हो ।
यस्तै, देशका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु भेटिएका छन् । प्रहरीका अनुसार बुटवल, प्युठान, वाजुरा, कपिलबस्तु, गोरखा, रुकुमा लगायतका जिल्लामा बम तथा शंकास्पद बस्तु भेटिएका छन् ।
यस्तै, बुटवल–भैरहवा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालिकानगरमा डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु फेला परेको छ । उक्त बस्तुलाई प्रहरीले बम भएको र प्रहरीले निस्क्रिय गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यस्तै, गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बन्दकै क्रममा बाजुरामा दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । साफे मार्तडी सडकखण्डअन्र्तगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजार र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यसैगरी रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।


जाजरकोट सदरमुकाम स्थित भेरी नगरपालिका स्थित ठाँटीबजारमा हतियार सहित गस्ती गदै नेपाली सेना ।


यसैबीच गृहमन्त्रालले आन्तरिक सर्कुलर तथा सुचना जारी गर्दै ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भन्ने निर्देशन दिएको छ ।
सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर उच्च सुरक्षा सतर्कता बढाएको हो । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्नसमेत सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ ।
सुचनामा सुरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्